वरिष्ठ अभिनेता नीर शाह तथा अभिनेत्री गौरी मल्ल सम्मानित

काठमाडौँ - सारा संसार मिडियाको घोषणा कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह तथा अभिनेत्री गौरी मल्ललाई सम्मानित गरिएको छ।

मिडियाकी संस्थापक अध्यक्ष सारिका तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा अभिनेता शाह तथा अभिनेत्री मल्ललाई चलचित्र, कला तथा मनोरञ्जन क्षेत्रमा निरन्तर सक्रिय रहँदै अतुलनीय योगदान पुर्‍याएकोमा नगद तथा ताम्रपत्रसहित सम्मान गरिएको हो।

समारोहमा शाह तथा मल्ललाई मिडियाका कार्यकारी निर्देशक शंकर प्रसाद दुलाल तथा अध्यक्ष तामाङले संयुक्त रुपमा सम्मान गरेका थिए। मिडियाका  सल्लाहकार चलचित्रकर्मी राजु केसीको संयोजनमा सम्पन्न कार्यक्रममा सम्मानित भएका कलाकार शाह तथा मल्लले धन्यवादका साथै मिडियालाई शुभकामना दिएका छन्।

मिडियाले हरेक वर्ष सातै प्रदेशका १ महिला तथा १ पुरुष श्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×