अमेरिकामा खेल्ने एकदिवसीय टिम घोषणा

काठमाडौँ - आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। बुधबार नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले शृंखला लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका हुन्। लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकासम्मिलिन त्रिदेशीय शृंखला अमेरिका मै हुनेछ।

लिग २ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा रहेको छ। लिगको शीर्ष स्थानमा रहेको ओमानले ३२ खेलबाट ४० अंक जोड्दा पाँचौ स्थानको अमेरिकाले १६ खेलबाट १४ अंक जोडेको छ।

नेपाली टिमः
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किसोर महतो, सागर ढकाल

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×