हिमपातका कारण टनेलमा क्षतिः राहत नपाउँदा किसान मर्कामा

काठमाडौँ - हिमपातका कारण तरकारीमा क्षति पु¥याउँदा बागलुङका किसानलाई रु १५ लाख ४० हजारको नोक्सानी भएको छ।

गत माघ २१ गते भारी हिमपातका कारण किसानले ७० टनेलमा लगाएको तरकारी नष्ट हुँदा सो मूल्य बराबरको नोक्सानी भएको हो। हिमपातले किसानको प्लास्टिक टनेलमा व्यापक क्षति पुर्याएको गुनासो आएपछि कृषि ज्ञान केन्द्र बागलुङले सङ्कलन गरेको तथ्याङ्क अनुसार बागलुङको उच्च पहाडी क्षेत्रमा किसानले निर्माण गरेका ७० टनेलमा क्षति पुर्याउँदा रु. १५ लाख ४० हजार नोक्सानी भएको छ। आधुनिक तरकारी खेतीका लागि किसानले विभिन्न स्थानमा निर्माण गरिएको ७० टनेलमा क्षति पुर्याएको थियो। 

अन्य खेतीलाई भने हिमपातले राम्रो गरेको केन्द्रले जनाएको छ। बाक्लो हिमपात थेग्न नसकेर किसानले स्थापना गरेको प्लाष्टिक टनेलमा क्षति पुर्याएको र टनेल मर्मतका लागि राहत दिनका लागि पहल भइरहेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकालले जानकारी दिए। “सानो हिमपातले त किसानलाई फाइदै पुर्याउँछ, गहुँ जौको उत्पादनमा वृद्धि गराउँछ तर यस पटक बागलुङको उच्च पहाडी भेगमा बाक्लो हिमपात भएको छ”, उनले भने, “हिमपातले अन्य बालीलाई राम्रो गरेपनि प्लाष्टिक टनेलमा क्षति पुर्याएको छ, टनेल मर्मतका लागि प्लाष्टिक दिने योजनामा छौँ, टनेलसँगै त्यसभित्रका टमाटरलगायतका तरकारीमा समेत क्षति भएको छ।” कृषि ज्ञान केन्द्रका अनुसार एउटा टनेलमा झण्डै २२ हजार मूल्य बराबरको क्षति भएको अनुमान छ।

हिमपातका कारण सबैभन्दा बढी क्षति ढोरपाटन नगरपालिकामा किसानले निर्माण गरिएको टनेलमा भएको छ। सो नगरपालिकामा ४५, ताराखोला गाउँपालिकामा ५, तमानखोला गाउँपालिकामा ५, काठेखोला गाउँपालिकामा ५ र मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत जिल्लाभरका १० टनेल गरी कूल ७० टनेलमा क्षति पुर्याएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×