फिल्म ‘डेसान’को फर्स्टलुक पोस्टर सार्वजनिक,मंसिर २३ मा प्रदर्शन हुने

काठमाडौँ - निर्देशक कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्म ‘डेसान’ ले सोमबार फर्स्टलुक पोस्टरका साथमा प्रदर्शन मिति सार्वजनिक गरेको छ। महामारीको विषयमा निर्माण गरिएको फिल्म मंसिर २३ गतेदेखि प्रदर्शन हुनेछ।

सार्वजनिक २ पोस्टरमध्ये एउटामा डेब्यु अभिनेत्री पुनम थापा तथा डेब्यु अभिनेता निशान चौहान रोमान्टिक अवतारमा देखिन्छन्। अर्काे पोस्टरमा निशान र पुनमका साथमा नम्रता सापकोटा र भोला सापकोटालाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ।

पर्फमिङ आर्ट क्रिएसनको ब्यानरमा निर्मित फिल्ममा नम्रता, निशान, भोलाराज, पुनमका साथमा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत,प्रमीशा सारुमगरलगायतका कलाकारको अभिनय रहेको छ।

चक्रबहादुर महर्जनले खिचेको फिल्मको गीत राजु थापाले लेखेका हुन्। गीतमा हरि लम्सालको संगीत रहेको छ। गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर रहेको छ।

मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मलाई एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले वितरण गर्दैछ।

कोरोना महामारीको त्रासदीमा छायांकन गरिएको फिल्मले भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रवाह गर्ने दावी निर्माण पक्षको छ। राज थापा काउचाको कथा रहेको फिल्मको स्क्रिप्ट निर्देशक कमलले नै लेखेका हुन्।

कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्म नेपालभन्दा पहिला विभिन्न देशमा प्रदर्शनको तयारीमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×