३० लाख मूल्य बराबरको सामग्री बरामद

काठमाडौँ । भन्सार छली गरेर ओसारपसार हुँदै गरेको रु ३० लाख मूल्य बराबरको सामान बोकेको एक ट्रकलाई प्रहरीले पर्साको वीरगञ्जबाट नियन्त्रणमा लिएको छ।

ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो। उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीको दाबी छ। सो क्रममा ट्रकका  चालक पर्साको जगरनाथपुर गाउँपालिका–१ का ४५ वर्षीय लालबाबु महरालाई नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ।

उक्त ट्रकमा भएको मालसमानसहित  रु ३० लाख  मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि  राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×