एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच शुक्रवार पार्टी एकता हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद, नेपाल बीच पार्टी एकता हुने भएको छ । 

शुक्रवार काठमाडौंको अर्याल हाेटलमा आयोजना हुने एक कार्यक्रमका बीच पार्टी एकता घोषणा हुने एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिएका छन् ।

जनमाेर्चाबाट अलग्गिएर बनेकाे राष्ट्रिय जागरण परिषदकाे नेतृत्व  साध्यबहादुर भण्डारीले गर्नुभएकाे डा पाैडेलले बताए ।

पछिल्लो समय देशव्यापी संगठन विस्तारलाई तीव्र बनाएको एकीकृत समाजवादीले पार्टी एकता अभियानलाई समेत उच्च प्राथमिकतामा राखेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×