श्रीलंकाविरुद्ध बराबरीमा रोकियो नेपाल

काठमाडौँ - एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली श्रीलंकाविरुद्ध बराबरीमा रोकिएको छ। गएराति सम्पन्न अनौपचारिक मैत्रीपूर्ण खेलमा अग्रता जोगाउन नसक्दा नेपाल १–१ को बराबरीमा रोकिएको हो।

श्रीलंकाविरुद्ध नेपाललाई कप्तान नवयुग श्रेष्ठले सुरुवाती अग्रता दिलाएका थिए। श्रीलंकाका लागि मारियाथास निथर्शनले गोल गरेका थिए।  

कतारमा नेपालको यो दोस्रो बराबरी हो। पहिलो मैत्रीपूर्ण खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको थियो। नेपालले तेस्रो अभ्यास खेलमा २० जेठमा ओमानको सामना गर्नेछ। 

एएफसी एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले जुन ८ देखि १४ सम्म आयोजक कुवेत, इन्डोनेसिया र जोर्डनसँग छनोट खेल खेल्ने छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×