काठमाडौँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा सरकार र सरोकारवालाबीच छलफल सुरु भएको छ। छलफलमा मन्त्रालयका सचिव केशव शर्मा, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ र यातायात मजदुरका प्रतिनिधि सहभागी छन्।
अन्तरक्रियामा आन्दोलनपछिको परिस्थितिमा यातायातको सहज सञ्चालन र अग्रिम टिकट बुकिङको विषयमा विशेष ध्यान दिइने बताइएको छ। यसैबीच, भाडादर समायोजनको विषय छलफलको एजेन्डामा नरहेको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिएका छन्।