२८ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ११औँ महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बैठक प्रारम्भ गरिएको हो।
बैठकमा पार्टी विधान संशोधन, समसामयिक राजनीतिक अवस्था र बन्दसत्रका कार्यक्रमबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए। यो बैठक हालको कार्यकालको अन्तिम बैठक समेत हो।
भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमै आयोजना हुँदैछ। बिहानका लागि तय गरिएको बन्दसत्रको समय सारेर दिउँसो १ बजे राखिएको छ।