लिङ्देनले च्यात्यो रोस्टममै भौतिक मन्त्रालयको बजेट विनियोजन पुस्तिका

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष साथ सांसद राजेन्द्रप्रसाद लिङ्देनले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बजेट विनियोजन वस्तुनिष्ठ र मन्त्रीको निर्देशनमा जथाभावी बजेट हालिएको आरोप लगाए ।

त्यस्तै, बजेट निर्माणमा सरकारका मन्त्रीले मनोमानी गरेको र बजेट अनुशासन मिचेको उनको आरोप छ । “कुनै जिल्लामा एउटा पनि योजना नपर्ने तर कुनै जिल्लामा एउटै पालिका वा निर्वाचन क्षेत्रमा दर्जनौंँ योजना पर्ने बजेट निर्माणको यो कस्तो विधि र प्रक्रिया हो ?” संसद्मा प्रश्न गर्दै लिङ्देनले भने ।

बजेट विनियोजनमाथि असन्तुष्टि जनाउँदै सांसद लिङ्देनले रोस्टममै भौतिक मन्त्रालयको बजेट विनियोजन पुस्तिका च्यात्नुभयो । राष्ट्रिय योजना आयोगको कामको प्रभावकारिता देखिन नसकेको पनि लिङ्देनको भनाइ छ ।

सांसद उदय शमशेर जबराले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत परराष्ट्र मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । परराष्ट्र मन्त्रालयको चालु बजेट शीर्षकमा वैदेशिक भत्ता, भ्रमण खर्च, अनुगमन भत्तालगायत विषयमा अनावश्यक धेरै रकम विनियोजन भएको उनको भनाइ छ । परराष्ट्र मन्त्रालयले आगामी आर्थिक वर्षका लागि रु छ अर्ब ७७ करोड बराबर मात्रै बजेट पाएको उल्लेख गर्नुहुँदै सांसद जबराले यो रकम मन्त्रालयका लागि अत्यन्त न्यून रकम रहेको बताए ।

विदेशस्थित नेपाली नियोगहरु र राजदूतावासको कार्य सञ्चालन कमजोर देखिएका बताउँदै उनले नेपालको आर्थिक कूटनीति कमजोर हुँदै गएको बताए । वैदेशिक लगानीको प्रतिबद्धताको तुलनामा प्राप्ति निकै कम देखिएको बताउँदै सांसद जबराले विदेशस्थित नियोगको परिचालन प्रभावकारी हुनेसके लगानी प्राप्ति बढ्ने दाबी गरे ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×