काठमाडौँ - महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन हुने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि जन्मजयन्तीमा रचना वाचन गर्ने भएको हो।
काठमाडौँको मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा संङग्रहालयमा आयोजित कार्यक्रममा श्रष्टाहरूले देवकोटाको व्यक्तित्वबारे चर्चा गरिएको थियो। सो अवसरमा देवकोटाका रचना वाचन पनि गरिएको थियो।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले देवकोटाको शालिकमा माल्यार्पण गरेका थिए। उप्रेतीले देवकोटा संङग्रहालय निर्माण गरेर कार्यक्रम गर्न पाउनु उपलव्धी भएको बताएका छन्।
संङग्रहालयमा पूर्णत देवकोटाको कृति लगायत २०१६ सालमा हराएका देवकोटालाई अनुभव गर्ने स्थलका रुपमा विकसित गरिने बताएका छन्।
महाकवि देवकोटाको वि.सं. १९६६ साल कार्तिक २७ गते लक्ष्मिपूजाको दिन जन्म भएको हो।