विद्युतका खम्बा नसारिँदा सडक विस्तारमा समस्या

काठमाडौँ - राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा रहेका विद्युतका खम्बा नहटाइँदा काममा ढिलाइ भएको छ। 

यस वर्ष गैँडाकोटको भेँडाबारी (गैँडाकोटबाट ११ किमी पश्चिम)बाट देवचुलीको प्रगतिनगरसम्म १० किमी सडक कालोपत्र गर्ने योजना भए पनि विद्युत्को खम्बाले समस्या परेको जनाइएको छ। “बस्ती क्षेत्रमा छ लेनको सडक बनाउने ठाउँमा विस्तार भएको सडक कालोपत्र गर्ने योजना रहेको छ”, नारायणगढ बुटवल सडक आयोजना (पूर्वी खण्ड)का प्रमुख रमेशकुमार दिष्टीले भने, “त्यो ठाउँमा विद्युतको खम्बा सार्ने काममा ढिलाइ भइरहेका कारण कामसमेत प्रभावित भएको छ।”

सडक किनारमा बस्ती क्षेत्र हुँदै ३३ केभी, ११ केभी र विद्युतको वितरण लाइनसमेत गएको हुँदा खम्बा सार्नै समस्या भएको आयोजना प्रमुख दिष्टीले बताए। “सडक विस्तारसँगै कालोपत्र गर्ने भनिएको ठाउँमा दुई लाइन खम्बा गाड्नै समस्या छ”, दिष्टीले भने, “दुईवटा खम्बाका बीचमा कम्तीमा पनि चार मिटर ग्याप चाहिन्छ, त्यसैले त्यो ठाउँमा समस्या छ।” नयाँ खम्बा गाड्न र पुराना खम्बा हटाउन समस्या भइरहेको दिष्टीले बताए। 

“हामीले नेपाल विद्युत् प्राधिकरणसँग समस्याको समाधान मागिरहेका छौँ, त्यो ठाउँमा भएका पुराना खम्बा नहटाइँदा कालोपत्र गर्नै समस्या भएको छ”, दिष्टीले भने, “खम्बा सार्ने काम त हामीले नै गर्ने हो तर विद्युत प्राधिकरणले लागत अनुमान दिएअनुसार काम गर्नुपर्छ, उहाँहरुले पहिले दिनुभएको लागत अनुमानअनुसार काम गर्न अप्ठ्यारो भयो।”

३३ केभीको प्रसारण लाइन एउटा खम्बामा र ११ केभीको प्रसारण लाइन अर्कोमा राख्नेगरी लागत अनुमान गरिएको भए पनि दुई खम्बा गाड्न समस्या भएको सडक विस्तार आयोजनाले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×