काठमाडौँ - स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सका सेन्टर ब्याक जुलेस कोउन्डेलाई सेभियाबाट ५० मिलियन युरोमा अनुबन्ध गरेको छ। क्याटलान क्लब बार्सिलोनाले २३ वर्षीय कोउन्डेसँग सम्झौता भएको र अब मेडिकल टेस्ट हुने बताएको छ।
सन् २०२१ मा फ्रान्सबाट डेब्यु गरेका कोउन्डेले ११ क्याप जितेका छन्। यी युवा रक्षकलाई भित्र्याउन इंग्लिस क्लब चेल्सीसमेत अग्र स्थानमा रहेको थियो।
कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन्। सन् २०१९ मा बोर्डेउक्सबाट सेभिया आएपछि कोउन्डेले युरोपा लिगको उपाधि हात पारेका थिए।