काठमाडौँ - अमेरिकी रक ब्याण्ड निरभानाको सन् १९९१ मा रिलिज भएको ‘नेभरमाइन्ड’ एल्बमको कभरविरुद्ध लागेको मुद्दा अदालतले खारेज गरेको छ।
सन् १९९१ मा रक ब्यान्ड निरभाले ‘नेभरमाइन्ड’ एल्बममा रहेको कभरले निकै चर्चा पाएको थियो। एल्बमको कभरको तस्विरमा देखिएका थिए स्पेन्सर एल्डन। कभरमा स्विमिङ पुलमा कुनै कपडा नलगाएका ४ महिनाका बालक डलरको नोट लिन पौडी रहेको जस्तो देखिन्छ।
तर, एल्बम रिलिज भएको ३० वर्षपछि उनै एल्डनले निर्भाना ब्यानडविरुद्ध गत वर्ष मुद्दा दर्ता गराएका थिए। एल्बम बनाउनेहरुविरुद्ध उनले चाइल्ड पोर्नोग्राफीको मुद्दा दर्ता गर्नुका साथै उनले सबै जीवित सदस्यसँग जरिबाना समेत माग गरेका थिए।
तर, क्यालिफोर्नियाको संघीय अदालतले निरभानाविरुद्ध एल्डनले लगाएको मुद्धा खारेज गरेको हो। फोटोको विषयमा एल्डनको दाबी निकै ढिला आएको बताउँदै त्यसको औचित्य नरहेको अदालतका एक न्यायाधीशले बताएका छन्। तर, एल्डनका वकिलले भने यस मुद्दाको निर्णयको पुनरावेदनमा लैजाने बताएका छन्।