काठमाडौँ महानगरले माग्यो करारमा २३१ जना कर्मचारी

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ। महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको हो।
महानगरले १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र आवश्यक न्युनतम योग्यता पुगेका करार सेवामा २१ जना सुपरीवेक्षक र २१० जना गणक माग गरेको छ।  

काठमाडौँ महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली मार्फत आवेदन दिन सकिनेछ। आवेदन अनलाइन प्रणालीबाट मात्र स्वीकृत हुनेछ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×