राष्ट्रिय कविता महोत्सव सम्पन्नः टीका आत्रेयको ‘संकल्प’ प्रथम

काठमाडौँ - नेपाल प्रज्ञा प्रतिष्ठानले वार्षिकरूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव यस वर्ष पनि सम्पन्न भएको छ। राष्ट्रिय कविता महोत्सव-२०७९’ मा सुनसरीकी कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको हो।

प्रज्ञा प्रतिष्ठानले जारी गरेको विज्ञप्तिअनुसार धादिङका यात्रीप्रकाश पाण्डेको कविता ‘आगोमा फुलेको देश’ द्वितीय र भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको ‘बुबाको सिलाई मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ शीर्षकका कविता तृतीय भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा बिहीबार सम्पन्न कविता महोत्सवमा उल्लेखित कविताका कविहरू पुरस्कारका लागि छनोट भएको प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले उपाध्यायद्वारा प्रेषित विज्ञप्तिमा जानकारि दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×