टी-२० विश्वकप लागि यूएईको टिम घोषणा

काठमाडौँ - अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि यूएईले टिम घोषणा गरेको छ। यूएईले सीपी रिजवानको कप्तानीमा यूएईले १५ सदस्सीय टोलीको घोषणा गरेको हो।

टोलीमा अनुभवी अलराउण्डर रोहन मुस्तफा टिममा रहेका छैनन्। मुस्तफाले विश्वकपका लागि छनोट प्रतियोगिताको फाइनलमा आयरल्याण्डविरुद्ध युएईका लागि विजयी रन बनाएका थिए।

टी-२० विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न ७ शहरमा आयोजना हुनेछ। यूएईले अघिल्लो संस्करणमा सहभागी रहेको थिएन।

यूएईले नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको शुरूवात गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×