काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दैछ । बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
आज बस्ने बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ । बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।