राष्ट्रिय खेलाडीमाथि गरिएकाे कारबाही फिर्ता लिन क्यान कार्यसमिति सदस्यहरूको माग

 काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिका ६ जना सदस्यले राष्ट्रिय टिमका चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर खेलाडीहरुको पक्षमा पहल गर्नु साटो कारवाही गरिएका कारवाही फिर्ता लिन माग गरेका हुन् ।

सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतरा, सञ्जयराज सिंह र छुम्बी लामाले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी खोस्ने तथा खेलाडीहरु सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाउने क्यानको निर्णय फिर्ता लिन माग गरेका हुन् । 

‘नेपालमा सञ्चालन भएको ट्राइ-नेशन टि-२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×