काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वरथीसमेत रहेका शर्मालाई परराष्ट्रमन्त्री पदमा नियुक्त गर्दै शपथ गराएका थिए। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शर्मालाई मन्त्रीमा नियुक्त गरिएको हो।
पदभार ग्रहणपछि मन्त्री शर्माले नेपालको परराष्ट्र नीति सुदृढ बनाउने, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र राष्ट्रहितअनुकूल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने तथा नेपालको भूमिका अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी बनाउने प्राथमिकता रहने बताए।
पूर्वरथीको अनुभव बोकेका शर्माको नियुक्तिलाई सुरक्षा र कूटनीति दुवै क्षेत्रमा सन्तुलन ल्याउने कदमका रूपमा हेरिएको छ।