काठमाडौँ। इरानी कवि सवीर हकाको जन्म सन् १९८६ मा इरानको करमानशाहमा भएको हो। हाल उनी तेहरानमा बस्छन्। कवि सवीर हका पेशाले मजदूर हुन्। उनी अझै पनि मजदुरी गरेर गुजारा चलाउछन्। कविताले जिवनस्तर धान्न सकिँदैन भन्ने उनको मान्यता छ।
उनले इरान श्रमिक कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछी सबैको नजरमा आए। आर्थिक समस्याले गर्दा कैयौं रात सडकमा बिताएका सवीरले ब्राह वर्षदेखी आफ्नो उपन्यासलाई पुर्णता दिन पाएका छैनन्। सन् २०१५ मा मोर्डन पोएट्री ट्रान्सलेसन" ले उनको कवितालाई अनुवादमा ल्याएपछि उनको चर्चा चुलिदो छ। उनको दुईवटा कविता सङ्ग्रह प्रकाशन भइसकेको छ।
प्रस्तुत छ उनै कवि सवीर हकाको कविता:
१.साथी
म इश्वरको साथी होइन
यसको एउटै मात्र कारण छ
जसको निर्जिवता धेरै पुरानो अतितमा छ
जब ६ जनाको हाम्रो परिवार
एउटा साघुँरो कोठामा बस्थ्यौ
तर ईश्वर ठुलो कोठामा एक्लै बस्ने गर्थ्यो।
२. मृत्युको डर
बाँचुन्जेल मैले यो कुरामा विश्वास गरे कि
झुँठ बोल्नु गलत हो
कसैलाई दुख दिनु गलत हो।
बाँचुन्जेल मैले यो पनि स्वीकार गरे कि
मृत्यु पनि जिन्दगीको एक हिस्सा हो।
यो सबै जानेर पनि मृत्युसँग डर लाग्छ
मलाई किनकिन मृत्युपश्यात पनि मजदूर बन्नु पर्ने त होइन
भन्ने अधिक डर लाग्छ।
३.बन्दुक
यदि उनीहरूले बन्दुकको आविस्कार
नगरेको भए
कति मान्छेहरू टाढैबाट
मर्नुदेखि बच्थेँ
धेरै कुरा सजिलो हुन्थ्यो
उनीहरूलाई मजदुरको ताकतको
अन्दाजा लगाउन पनि सजिलो हुन्थ्यो।
४: आस्था
मेरो बुवा मजदूर हुनुहुन्थ्यो
आस्थाले सजिएको मान्छे
जब नमाज पढनुहुन्थ्यो
(अल्लाह)उहाँको हातलाई हेरेर लज्जित हुन्थे!
(प्रस्तुत कविता नेपाली कवि जनक कार्कीले अनुवाद गरेका हुन्।)