सभापति देउवाद्वारा राणाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका पूर्वमहासमिति सदस्य एवम् देशान्तर साप्ताहिकका प्रधान सम्पादक कवीर राणाको आमाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट शोक वक्तव्य जारी गर्दै राणाकी ८३ वर्षीय आमा मीनकुमारीको माघ १५ गते भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।

स्व राणाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले बताएको छ। सभापति देउवाले स्व राणाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×