मकवानपुरमा रैथानेबाली प्रवर्द्धन कार्यक्रम सुरु

काठमाडौँ । मकवानपुरगढी गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन रैथानेबाली प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। 

पछिल्लो समय गाउँपालिकाका विभिन्न स्थान आन्तरिक पर्यटकको गन्तव्य बनेसँगै पर्यटनलाई कृषिसँग जोड्दै कार्यक्रम ल्याइएको जनाइएको छ। गाउँपालिकाको कार्यालयले पालिकाभित्र सञ्चालित होटल, घरवास (होमस्टे), रेष्टुरेन्ट तथा खाजाघरका सञ्चालकलाई कोदो र फापरको परिकार बनाउनको लागि तालिम दिन सुरु गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम सङ्घीय सशर्ततर्फ ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’ कार्यान्वयनमा ल्याएको हो। प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले पालिकालाई दूध, तरकारी तथा अन्नबालीमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याइएको जानकारी दिए।

उनका अनुसार यसअघि गाउँपालिकाले गाउँपालिकामा रहेको सहकारीमार्फत किसानको कृषि उपज( तरकारी तथा फलफूल ) सङ्कलन र बजारीकरणको सुरुआत गरेको छ। यसको साथै, गाउँपालिकाले किसान क्रेडिटकार्डलगायतका विभिन्न नमूना कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। सहकारीमार्फत् अनाज खरिदबिक्रीको कार्य गत आर्थिक वर्ष २०७७/०७८ बाटै सुरुवात गरिएकोमा चालू आब मा तरकारी तथा फलफूलमासमेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम सुरु गरिएको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए। यस कार्यक्रमले स्थानीय किसानलाई खेती गर्न हौसला मिलेको उनको भनाइ छ। 

गाउँपालिकाभरिमा यसवर्ष अनाज, तरकारी तथा फलफूल बजारीकरणका लागि सात वटा सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले सङ्कलन र बजारीकरणको काम थालिसकेका छन्। रैथानेबाली प्रवर्द्धन कार्यक्रम अन्तर्गतको तालिममा सहभागिताका लागि गाउँपालिकाले किसानलाई आग्रह समेत गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×