आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं - मोरङको बिराटनगर महानगरपालिका–११ स्थित रतना होटलको क्यासिनोमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा एसि, बेन्च, टेवल, सिसिटिभी क्यामेरा २ थान, मेन स्विच बक्स समेत जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सोलुखुम्बु, महाकुलुङ गाउँपालिका–२ भिरथात्ला बस्ने ४२ वर्षीय मनोज कुमार राईको भान्सा घरमा बुधबार दिउँसो आगलागी हुँदा भान्सा घर पूर्ण रूपमा तथा भान्सा घरसँगै जोडिएको घर आंशिक रूपमा जलेर करिब ४ लाख १६ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगो निभाउने क्रममा जलेर घाइते भएका मनोज कुमारको बुबा ६८ वर्षीय बिर्तामान राईलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×