काठमाडौँ - आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्। मौसमविद्काअनुसार आज केही ठाउँको मौसम आंशिक बद्ली भए पनि सामान्यता मौसम सफा नै रहने अनुमान छ। तर, भोलि भने पश्चिमी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताए।
भोलि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ। यी क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लामा पनि वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन्।