काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्पेनिस डिफेन्डर रोड्रीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
सिटीले मंगलबार डिफेन्डर रोड्रीले थप ३ वर्षका लागि सम्झौता नवीकरण गरेको जनाएको हो। सम्झौता नवीकरणसँगै उनी २०२७ सम्म क्लबमै रहने छन्।
रोड्री २०१९ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट इतिहाद स्टेडियम भित्रिएका थिए। उनले सिटीका लागि १०२ प्रिमियर लिग खेलमा १२ तथा स्पेनका लागि ३१ खेलमा १ गोल गरेका छन्।