१ वर्षमा २ वटा आइपिएल हुने, पहिलोमा ९४ खेल खेलिने

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को सिजन भर्खरै सकिएको छ। केही दिनको विश्रामपछि भारतले दक्षिण अफ्रिका विरुद्धको टी–२० सिरिज खेल्दैछ। यसैबीच, आईपीएललाई लिएर निरन्तर मन्थन भइरहेको छ। अहिले पूर्व क्रिकेटर आकाश चोपडाले छिट्टै एक वर्षमा दुईवटा आईपीएल हुने पक्का भएको बताएका छन्।

आकाश चोपडाले आफ्नो युट्युब च्यानलमा विगत केही समयदेखि आईपीएलमा धेरै परिवर्तनहरू भएकाले आईपीएल अझै अगाडि बढेको संकेत गरेको बताएका छन्। पूर्व क्रिकेटरले यो अचानक नहुने बताउँदै भने ‘यसका लागि ५ वर्ष लाग्न सक्छ तर मलाई लाग्छ यो निश्चित छ।’

एक वर्षमा दुईवटा आईपीएल भए त्यसको ढाँचा कस्तो होला? यसबारे आकाश चोपडाले अब आईपीएलमा १० टोली रहेकाले खेलको संख्या स्वतः बढ्ने बताए। 'एउटा आईपीएल ठूलो हुने जसमा ९४ खेल खेल्न सकिने र अर्को आईपीएल सानो हुने जहाँ टोलीले एकअर्कासँग एउटा मात्र खेल खेल्छन् र त्यो एक महिनामा सकिन्छ',आकाशले भने।

दुई आईपीएल को बारेमा चर्चा टीम इंडियाका पूर्व कोच रवि शास्त्रीको बयानसंगै सुरु भयो, जसले भनेका थिए,'आईपीएल यति ठूलो भएको छ कि तपाई दुई आईपीएल लाई टार्न सक्नुहुन्न।' रवि शास्त्रीले भनेका थिए कि 'यो भविष्य हो, जसको वरिपरि चीजहरू व्यवस्थित गर्नुपर्छ।'

इन्डियन प्रिमियर लिगको क्रेज कसरी बढेको छ भन्ने चर्चा लामो समयदेखि चलिरहेको थियो। भर्खरै आईसीसी प्रमुखले पनि आफ्नो वक्तव्यमा जसरी लिगको क्रेज बढ्दै गएको छ, त्यसले अन्तर्राष्ट्रिय क्रिकेटमा कमी आउन सक्ने बताएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×