दललाई उम्मेवार छान्नै हम्मे

काठमाडौँ - १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवार मनोनयन कार्यक्रम ९ दिनपछि हुँदै छ।

निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार आगामी २३ असोजमा प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि राजनीतिक दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन सकेका छैनन्।

प्रमुख सत्तारूढ दलका रूपमा रहेको नेपाली कांग्रेसभित्र एकातर्फ समाानुपातिक निर्वाचन प्रणाली बन्दसूचीले तीव्र विवाद छ भने अर्कातिर गठबन्धनका कारण प्रत्यक्षतर्फको सिट संख्या र उम्मेदवार तय गर्न कांग्रेसलाई सकस भइरहेको छ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि समानुपातिक बन्दसूची सच्याउन र प्रत्यक्षमा संस्थापन इतरसमूहका नेतालाई चित्त बुझाउने गरी सिट मिलाउन दबाब छ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा पुगेको र सिट बाँडफाँट सकिएलगत्तै कांग्रेसका भागमा परेका निर्वाचन क्षेत्रहरूमा प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाइने जानकारी दिए। राजधानी दैनिकबाट

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×