काठमाडौँ। अभिनेत्री पुजा शर्माले आफ्नो चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले व्यापारिक सफलता हासिल गरे सँगै आफ्नो नयाँ प्रेमी सार्वजनिक गरेकी छन्। उनले सामाजिक सञ्जालमा युद्ध बानियासँगका केहि प्रेमिल तस्वीरहरु राख्दै यो कुराको जानकारी दिएकी हुन्।
खबरका अनुसार करिब एक वर्षदेखि प्रेमसम्बन्धमा रहेको जोडी अब विवाहको योजना बनाउन तिर लागेको छ। युद्ध हेटौडाका बासिन्दा हुन्, जसको फिटनेससँग सम्वन्धित सामानहरु विक्री गर्ने बटरबक्स नेपाल नामको कम्पनी छ। युद्धसँग सम्बन्धमा रहनु अघि पुजाको कलाकार आकाश श्रेष्ठसँग प्रेम रहेको अफवाह नेपाली सिने जगतमा निकै चलेको थियो। त्यसैगरि आकाशभन्दा अघि पूजाको निर्देशक सुदर्शन थापासँग घनिष्ठता रहने गरेको थियो। जोडीले चाँडै ईंगेजमेन्ट गर्ने बिभिन्न स्रोतले जनाएता पनि आधिकारिक रूपमा उनीहरुले केहि भनेका छैनन्।
पूजाले तस्विरसँगै ‘यु आर द वान’ लेखेकी छिन्।