न्यूक्यासलको नयाँ डिजाइनको जर्सी 'लिक'

काठमाडाैँ - प्रिमियर लिग क्लब न्यूक्यासलले नयाँ सिजनका लागि नयाँ जर्सीको डिजाइन लिक भएको छ। जसमा हाल प्रयोग गरिरहेको भन्दा पुरै फरक डिजाइनको जर्सी लिग भएको हो।

क्लबले नयाँ जर्सीलाई सार्वजनिक भने गरेको छैन। तर क्लबको ब्यवस्थापनले यसलाई नै फाइनल डिजाइन भनेर पारित गरेको बताइएकोछ।  हाल कालो र सेतो रंग प्रयोग गरिरहेको न्यूक्यासललाई साउदी अरबीयन लगानीकर्ता भित्रिएपछि जर्सीको रंग नै परिवर्तन गरेको छ।

तीन सय पाँच मिलियन पाउण्डमा साउदीका राजकुमार बीन सलमानको लगानी रहेको न्यूक्यासलले नयाँ सिजनका लागि हरियो र सेतो रंग प्रयोग गरेर नयाँ जर्सी लगाउने तयारीमा छन्। 

साउदी अरबियन लगानीकर्ताले न्यूक्यासलको ८० प्रतिशत सेयर खरिद गरिएको छ। नयाँ जर्सीमा क्लबको लोगो पनि हरियो बनाइएको छ। क्लबको जर्सीको बिक्रि साउदीमा कति हुन्छ भन्ने पनि क्लबको चासो रहेको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×