काठमाडौँ - लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले गोलकिपर एलिसन बेकर र डिएगो जोटाले कम्युनिटी सिल्ड नखेल्ने पुष्टि गरेका छन्।
पछिल्लो हप्ता मात्रै मुख्य प्रशिक्षक क्लोपले एलिसनको शनिबार हुने कम्युनिटी सिल्ड खेल्ने सम्भावना बारे चर्चा गरेका थिए। तर, अहिले क्लोपले एलिसन टिमबाट बाहिरिएको पुष्टि गरेका छन्। यद्यपि, एलिसन प्रिमियर लिगसम्म भने टोलीमा उपस्थित भइसक्ने उनलेे जानकारी दिएका छन्।
लिभरपुलले कम्युनिटी सिल्डमा म्यानचेस्टर सिटीविरुद्ध खेल्ने तालिका रहेको छ। यसअघि प्रि-सिजनमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा पनि एलिसन पेटको चोटका कारण मैदानबाट बाहिरिएका थिए। उक्त खेलमा लिभरपुल ४-० ले पराजित भएको थियो।