रामेछापमा झडप हुँदा मतदान स्थगित

रामेछाप – खाँडादेवी गाउँपालिका–१ मझुवाकाे राकाथुम माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा झडप भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी कार्यकर्ताहरुबीच झडप हुँदा मतदान स्थगित भएको हो। 

बिहान ७ बजे मतदान प्रक्रिया सुरु हुनासाथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप हुँदा दुई जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएका छन्। मतदान स्थलमा दोहोरो झडप भएपछि अहिले मतदान पक्रिया स्थगित गरिएको छ।

मतदान पुनः सुरु गराउन मतदान अधिकृतले उम्मेदवारहरुलाई राखेर छलफल गराइरहे ता पनि सहमति भने हुन सकेको छैन।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×