काठमाडौँ - टोखामा नगर बालसञ्जाल पुनर्गठन भएको छ। दुई वर्ष पहिले स्थापना भएको नगर बालसञ्जाललाई आज पुनर्गठन गरिएको उपप्रमुख ज्ञानमाया डङ्गोलले बताइन्। उपप्रमुख डङ्गोलका अनुसार पुजा तामाङको अध्यक्षतामा ९ सदस्यीय नगर बाल सञ्जाल पुनर्गठन गरिएको हो। बाँकी दुई सदस्यपछि थप्नेगरी बालसञ्जाल पुनर्गठन गरिएको टोखा नगरपालिकाले जनाएको छ।
यस्तै, टोखाले सबै वडा र विद्यालयमा बालसञ्जाल पुनर्गठन गरिसकेको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन्।