भारत। दक्षिण भारतीय अभिनेता प्रभासको आउँदो चलचित्र 'आदीपुरुष' को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र सन् २०२३ जनवरी १२मा प्रदर्शन हुने पक्का भएको छ।
प्रभासले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन्। यसअघि चलचित्र ११ अगष्ट २०२२ मा प्रदर्शनमा आउने भनिएको थियो। तर, हालै चलचित्रको नयाँ मिती घोषणा गरिएको हो। चलचित्र थ्री डीमा प्रदर्शनमा आउनेछ।
चलचित्र रामायणमा आधारित रहने छ। ५०० करोड लगानीमा निर्माण भएको चलचित्रलाई टी-सीरीज र रेट्रोफाइल्स प्रोडक्सनले बनाएको हो। ओम राउतको निर्देशन रहेको चलचित्रमा सैफ अली खान र कृति सेनन पनि मुख्य भुमिकामा छन्।