छायांकनका क्रममा चोट लागेपछी रणदीप हुड्डाले गराए घुँडाको अप्रेसन

काठमाडौँ। बलिउड अभिनेता रणदीप हुड्डाको हालै मुम्बईको कोकिलाबेन धीरूभाई अंबानी अस्पतालमा घुँडाको अप्रेसन भएको छ। खासमा अघिल्लो महिना 'इंस्पेक्टर अविनाश'को सेटमा छायांकनका दौरान उनको घुँडामा चोट लागेको थियो, जसको उनले सर्जरी गराएका हुन्। खबरका अनुसार उनलाई मार्च १ तारिख अस्पतालमा भर्ना गरिएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार सेटमा एक सिन शूट गर्ने क्रममा उनको घुँडामा चोट लागेको थियो र अब उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। रणदीपले आफ्नो घुँडाको चोट र सर्जरीका बारेमा सामाजिक सञ्जालमा केहि बताएका छैनन्। यसअघि २०२०मा पनि उनले एक सर्जरी गराएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×