फिल्म 'सिल्ली फो'को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौँ - केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म 'सिल्ली फो'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। कमेडी जनरामा निर्माण भएको सिनेमामा अभिनेत्री अधिकारीले हिरोइन बन्न संर्घषरतत युवतीको भूमिका निवार्ह गरेकी छिन्। बाँकी कलाकारलाई पैसा कमाउन भौतारिरहेको देख्न सकिन्छ।

राज बहादुर साने निर्देशित सिनेमामा दर्शकको मनोरञ्जनको चासोलाई ध्यान दिइएको छ। कमेडी जनरामा पहिलो पटक काम गरेकाले पनि आफूले सिल्ली फोबाट धेरै कुरा सिक्न पाएको निर्देशक सानेले दाबी गरेका छन्। ह्याप्पी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन्।

सिनेमा आगामी असार ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ। सिनेमामा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×