टिकटकमा रुचाइँदै ‘२ नम्बरी’ टिजर

काठमाडौँ - आगामी २१ असोजबाट रिलिज हुने फिल्म ‘२ नम्बरी’को टिजर सार्वजनिक हुनासाथ यसलाई विशेषतः टिकटक बनाउनेको संख्या बढ्दै गएको छ। टिजरमा प्रयोग गरिएको संवादमाथि झन्डै ३ लाखभन्दा बढी पटक टिकटक बनेका छन्।

९ दिनअघि सार्वजनिक टिजरले युट्युबमा १० लाख बढी भ्युज पाइसकेको छ। टिजरमा मुख्य कलाकारहरू नायक द्वय दयाहाङ राई, सौगात मल्ल र नायिका द्वय उपासनासिंह ठकुरी र उगेन छोदेन हाबी रहेका छन्।

दर्शकले सौगात र उपासनाबिचको संवादलाई पनि निक्कै रुचाएका छन्। ‘हामीले २ मिनेटभन्दा लामो टिजर सार्वजनिक गरेका थियौं। यसबाट नै उत्कृष्ट प्रतिक्रिया पाएका छौँ। अब, टिजरभन्दा अझै बुलन्द ट्रेलर सार्वजनिक हुनेछ,’ प्रस्तुतिकर्ता किरण नेपालीले भने।

फिल्ममा दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी रहेको छ। सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा मिठु तामाङ्नी सहनिर्मात्रीको रूपमा छिन्। फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×