मादीसेती नदीमा मोटरबोट परीक्षण सफल

काठमाडौँ - आठौं तनहुँ महोत्सवको समयमा मादीसेती नदीमा सञ्चालनमा ल्याइएको मोटरबोट परीक्षण गर्दा सफल भएको छ।

पानीको बहाव परीक्षण गर्दा आगामी दिनमा मोटरबोट सञ्चालन गर्न मिल्ने भएको हो। मोटरबोट व्यवस्थापन समितिका संयोजक दीपक राईले सेतीमादी दोभानदेखि बुल्दीको दोभानसम्म मोटरबोटको परीक्षण गर्दा सफल भएको जानकारी दिए। डोजर लगाएर उक्त भागमा नदीमा रहेका ढुङ्गाहरु हटाइएपछि मोटरबोट सञ्चालन गर्न सकिएको हो।

मादी र सेती नदीमा पहिलो पटक मोटरबोट चढन पाउँदा तनहुँवासीहरू हौसिएका छन्। मादी र सेतीमा पहिलो पटक मोटरबोट चढ्न पाउँदा निकै आनन्दको अनुभूति भएको सञ्चारकर्मी विष्णु गौतमले बताए। 'मादी र सेतीमा समेत मोटरबोट सञ्चालन गर्न सकिने सम्भावना रहेछ', उनले भने, “महोत्सवले निरन्तर सञ्चालनका लागि ढोका खोलिदिएको छ।” 

मोटरबोटको सफल आरोहण भएसँगै उक्त नदीमा निरन्तर रुपमा सञ्चालनमा ल्याइने तयारी गरिएको छ। आठौं तनहुँ महोत्सवमा मोटरबोटको आकर्षण बढेको महोत्सवका संयोजक पवीन्द्रकुमार श्रेष्ठले बताए। व्यास नगरपालिकासँग समन्वय गरी मोटरबोट सञ्चालनमा ल्याउने तयारी भइरहेको नारायणगढबाट मोटरबोट ल्याएका लेखनाथ पौडेलले जानकारी दिए। “नारायणी नदीमा जस्तै गरी मादी र सेतीमा पनि मोटरबोट सञ्चालन गर्ने तयारीमा हामी छौँ,” उनले भने। छिट्टै सम्बन्धित निकायहरूबाट स्वीकृत लिएर मोटरबोट सञ्चालन गराइने योजना रहेको बताइएको छ। 

महोत्सवका बेला मोटरबोट चढ्नका लागि प्रतिव्यक्ति रु. २५० लिइँदै आएकामा घटाएर १५० पुर्याइएको छ। दर्शकको मागलाई ध्यानमा राखी मोटरबोटको शुल्क घटाइएको तनहुँ उद्योग वाणिय सङ्घका महासचिव सुबोध अधिकारीले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×