काठमाडौँ- फ्रेण्ड्स क्लबका जोमोउल एन्थोनी फ्रान्कोइस जारी शहीद स्मारक ए डिभिजन लिगको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लेका छन्।
शनिबार च्यासल युथ क्लबविरुद्ध दुई गोल गरेपछि फ्रान्कोसले लिगमा गोल संख्या ७ पुर्याएका हुन्। ट्रिनिडाड एण्ड टोबागोका फ्रान्कोइसकै दुई गोलमा फ्रेण्ड्सले च्यासललाई २-१ ले पराजित गर्दै रेलिगेसनबाट बच्ने सम्भावना बलियो बनाएको छ। हारले च्यासल भने रेलिगेसनमा परेको छ।
हेर्नोस सर्वाधिक गोल गर्ने खेलाडीको सूची :
जोमोउल एन्थोनी फ्रान्कोइस :७ गोल
ओलावाले आफिज : ६ गोल
सुनिल बल : ६ गोल
आशिष लामा : ५ गोल
अजयी मार्टिन्स : ५ गोल