काठमाडौँ - बलिउड अभिनेत्री ऋचा चड्डा र अभिनेता अली फजल यस वर्ष विवाह बन्धनमा बाधिँने भएका छन्।
यसअघि सन् २०२१ मा विवाह गर्न लागेको यो जोडीले कोरोना महामारीका कारण विवाह स्थगित गरेका थिए।
भारतीय सञ्चार माध्यामका अनुसार उनीहरू आगामी सेप्टेम्बर महिनामा विवाह गर्ने तयारीमा रहेका छन्। बिहेको तयारी तिब्र रूपमा भैरहेको पारिवारिक स्रोतले बताएको छ। विवाह मुम्बई र दिल्लीमा हुनेछ, जसमा नजिकका साथीहरू र परिवारको उपस्थिति हुनेछ।
उनीहरू अहिले सँगैबस्दै आइरहेका छन्।