काठमाडौँ - १० खेलाडीमा समेटिएको युभेन्ट्स मोन्जासँग १-० ले स्तब्ध हुँदै सिरी ‘ए’ मा पहिलो हार व्यहोरेको छ। युभेन्ट्सलाई हराउन दोस्रो हाफमा क्रिस्टियनले गरेको गोल नै निर्णायक बन्यो। उनले ७४औं मिनेटमा गोल गरेका थिए।
त्यसअघि युभेन्ट्स पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो। एन्जल डि मारिया सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। त्यसको फाइदा मोन्जाले दोस्रो हाफका उठाउन सफल भयो।
पहिलो जित निकालेको मोन्जा ७ खेलबाट ४ अंक जोडेर १८औं स्थानमा रहेको छ। पहिलो हार व्यहोरेको युभेन्ट्स १० अंक जोडेर आठौं स्थानमा रहेको छ।