दैलेखको आठबीसमा सकेट बम भेटियो

दैलेख - दैलेखको आठबीस नगरपालिका–६ रोलमा सकेट बम भेटिएको छ । नेपाली सेना र नेपाल प्रहरीको टोली घट्नास्थलमा  पुगेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम निष्क्रिय गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहका अनुसार खनजोतको क्रममा स्थानीयले सकेट बम फेला पारेका हुन् । उन्ले भने, ‘पहिला सुरक्षाफौजको ब्यारेक भएका कारण बम जमिनमुनि  भेटिएको हो ।’’ यसअघि उक्त ठाउँमा ब्यारेक थियो । विसं २०६३ मा यहाँबाट ब्यारेक हटाइपछि अहिलेसम्म चारवटा बम निष्क्रिय पारिसकिएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×