दुर्घटनामा एकको मृत्यु

भक्तपुर। अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ नलिन्चोक बाँसघारीमा आज भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

बनेपाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ३०२० नंको यात्रुवाहक बसले बा ७० प ९१३८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार दोलखा गौरीशङ्कर गाउँपालिका–२ घर भई हाल नलिन्चोक बस्ने ४० वर्षीया गङ्गा बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

ठक्कर दिने बसका चालक काभ्रेलाञ्चोक बनेपा नगरपालिका–९ बस्ने ४१ वर्षीय रविन श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखेको उनले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×