काठमाडौँ। सहिद स्मारक लिग ए डिभिजन ०७८ अन्तरगत आज (बुधबार) दशरथ रंगशालामा दुई खेल हुँदैछन। पहिलो खेलमा हिमालयन शेर्पाले नेपाल पुलिसको सामना गर्नेछ भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लब भिड्ने छन्
हिमालयन शेर्पाको दुई खेलबाट एक अंक छ भने पुलिसको दुई खेलबाट चार अंक रहेको छ। लिगका पछिल्ला पाँच संस्करणका खेलमा पुलिस दुई खेलमा विजयी रहेको छ भने बाँकी तीन खेल बराबरीमा टुंगेको छ।
मछिन्द्रको दुई खेलबाट चार अंक छ। जावलाखेल भने लगातार पराजित रहेको छ र उसको शून्य अंक छ।