काठमाडौँ - गौतमबुद्ध विमानस्थलमा उडानका लागि अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीले उडानका लागि चासो देखाएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार अहिले तीन एयरलाइन्सले उडानका लागि इच्छा देखाएका छन्। गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्स, जजिरा एयर र थाई स्माइलले उडान गर्ने आशय देखाएका हुन्।