रियाल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ- स्पेनिश क्लब रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा इङ्गलिश प्रिमियर क्लब म्यानचेस्तर सिटीलाई पराजति गर्दै रियाल फाइनलमा पुगेको हो। 

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सिटीलाई ३–१ गोल अन्तरले हराउँदै रियाल फाइनलमा  पुगेको हो। पहिलो लेगमा ४–३ ले पराजित रियालले घरेलु मैदानमा भने उत्कृष्ट पुनरागमन गर्यो। 

समग्रमा रियाल ६–५ ले विजयी भयो। खेलको ७३ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई शुरुआती अग्रता दिलाएका थिए।

तर खेलको ९० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियाललाई १–१ को बराबरीमा ल्याए। इन्जुरी समयको छैटौं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई २–१ को अग्रता दिलाए। जसको कारण खेल समग्रमा ५–५ को स्थितिमा पुग्यो।

त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयको पाँचौं मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गर्दै ३–१ को जित दिलाउँदै रियाललाई फाइनलमा पुर्याए।

अब रियालले उपाधिका लागि फाइनलमा अर्को इङ्गलिश क्लब लिभरपुलको सामना गर्नेछ। फाइनल खेल मे २९ मा फ्रान्समा हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×