जितेको औपचारिक घोषणापछि सुन्दरिजल पुगेर विपिलाई सम्झने छु - विश्वप्रकाश

काठमाडौँ । नेपाली कांग्रेशको महाधिवेशन अन्तर्गत महामन्त्रीमा आफ्नो जीत सुनिश्चित गरेका विश्वप्रकाश शर्माले जीतको औपचारिक घोषणा भएपछि सुन्दरिजलमा रहेको विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा पुगेर विपिलाई सम्झने बताएका छन् । उनले त्यहाँ पुगेर  विपीलाई सम्झिएपछि आफ्नो जिम्मेवारी सुरु गर्ने बताएका छन् ।
सानेपास्थित मतगणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो जीतको खुशीयाली सुन्दरिजलमा पुगेर मनाउने बताएका छन् । उनले भने, " मैले उमेद्ध्वारी घोषणा पनि सुन्दरी जलमा रहेको विपिको शालिकमा पुगेर गरेको थिएँ। अब जितेको औपचारिक घोषणापछि पनि त्यहाँ पुगेर विपिलाई सम्झने छु ।"
सबै गुटबाट निर्वाचित हुनुले नेपाली कांग्रेसलाई एकतावद्ध बनाएर लैजना सजिलो हुने नेता शर्माले टिप्पणी गरे ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×