बिबिएलको ड्राफ्ट आज, नेपालका दुई खेलाडी सूचीमा

काठमाडौँ - अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग बास लिग (बिबिएल) को १२ औं संस्करणको लागि खेलाडी ड्राफ्ट आज हुँदैछ।

बिबिएलको इतिहासमै पहिलोपटक हुन लागेको खेलाडी ड्राफ्ट नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ।

बिबिएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य सुवास खकुरेल रहेका छन्। कप्तान लामिछाने पछिल्ला ४ संस्करणदेखि बिबिएलको हिस्सा रहँदै आएका छन्। 

उनले यो लिगमा ४३ खेल खेल्दा ४८ विकेट लिएका छन्। बिबिएलको राम्रो अनुभव भएका लामिछाने यस पटक पनि कुनै टोलीमा अनुबन्ध हुने सम्भावना बलियो रहेको छ।

सुरुवाती २ संस्करण मेलबर्न स्टारमा बिताएका सन्दीप पछिल्ला २ संस्करण होबार्ट हरिकेन्समा आबद्ध रहेका थिए। बिबिएलको नयाँ सिजन आगामी डिसेम्बरदेखि फेब्रुअरीसम्म हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×