काठमाडौँ - बलात्कारको जाहेरी परेपछि लुकेर बसेका अभिनेता पल शाहले प्रहरीसामु आत्मसमर्पण गर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रहरीसामु आत्मसमर्पण गर्न लागेको बताएका हुन्।
उनले आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन भइरहँदा आफ्नो कारण फिल्मलाई असर पर्ने डरले प्रहरीको सम्पर्कमा नआएको समेत उल्लेख गरेका छन्। शाहले फेसबुकमा लेखेका छन्, "नमस्कार सबैमा , मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म "म यस्तो गित गाउछु २" गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद
"
शाहविरुद्ध केही दिनअघि एक नाबालिग गायिकाले बलात्कारको जाहेरी दिएकी थिइन्। उनले जाहेरी दिएसँगै प्रहरीले पलको खोजी गरिरहेको थियो। तर, उनी सम्पर्कमा आएका थिएनन्।