कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरेका छन् । यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सोही दिन अपराह्न ५ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ भने बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।